पिडामाथि पिडा ...

पिडा माथि पिडा ममा ढुवानी गरेर।
रित्तिएको आँखामा पुन पानी भरेर।

भन के सावित गर्न खोज्दैछौ तिमी।
मेरो अमुल्य जीवनको जवानी हरेर।

देउता पूज्ने अक्षेता फुलपाती पनि।
सुकाएर के पायौ भन यत्रतत्र छरेर।

बाउन्न हन्डर त्रिपन्न ठक्कर खाएर।
बल्ल मान्छे बनेको छ उ तल झरेर।

आउने जाने प्रक्रिया त चलिरहन्छ।
के लान्छौ हे भन साथी जाँदा मरेर।

-मणि
प्रकाशमणि खनाल

टिप्पणियाँ