बाँझो जमिन भेटियो ..

कहीँ कहीँ कटेरो बिहिन भेटियो।
कहीँ कहीँ बाँझो जमिन भेटियो।

जलस्रोतको दोस्रो भएपनि मित्र।
नदीनाला अरुको अधिन भेटियो।

छक्क पर्छु म नयाँ नेपाल देखेर।
यहाँ हड्ताल हरेक दिन भेटियो।

उसले साँवा तिर्यो भयो बराबरी।
ब्याज किन उत्तिकै ऋण भेटियो।

त्यहाँ काम गरेका हात गोडा खै।
रफ्तारले चलेको मिसिन भेटियो।

प्रकाशमणि खनाल
गोल्धाप-४, झापा.

टिप्पणियाँ