हाइकु, आफ्नै बैसाखि..
शिखर पुगी
मानिसले बिर्सिन्छ
आफ्नै बैसाखि
त्यो नै बुद्ध हो
जसले जितेको छ
जीवन युद्ध
बिगत हेर्छु
पुरानो चस्माबाट
बालापनको
कसरी बल्छ
भिजेको दाउराले
कक्रेको चुल्हो
अनेकौं दूर
हौसला बढाउँछ
आमाको पत्र
पाउँछौ पक्कै
प्रेमको बदला प्रेम
पृथ्वी गोलो छ
प्रकाशमणि खनाल
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि