माटोको थुप्रो... केहि हाइकुहरु

गाउँ मलाई
म खोज्छु गाउँलाई
दुवै हरायौं

वर्षा झरीमा
कमजोर झुपडी
माटोको थुप्रो

कागज नाउ
चढि घुम्छ बालक
कोमल भाव

म कहाँ थिएँ
जन्म भन्दा अगाडि
खोज्दैछु तत्व

मणि

टिप्पणियाँ