आत्मा र अनात्मा
आत्मा र अनात्माको भेद कसरी छुट्याउन सकिन्छ होला भन्ने मुमुक्षु जिज्ञासुको मनमा पक्कै पनि कौतुहलता विचार सृजित भएको हुनुपर्छ।
आफ्नो विवेक बुद्धि द्वारा आफ्नो शरीर अर्थात् पञ्चकोशलाई नियाल:-
१) अन्नमयकोश
२) प्राणमयकोश
३) मनोमयकोश
४) विज्ञानमयकोश
५) आनन्दमयकोश
शरीर अर्थात् स्थूल संसार दृश्य हो आत्मा दृग् अर्थात् देख्नेवाला त्यसैले आत्मा शरीरको साक्षी हो जसले यो शरीर अर्थात संसारलाई आत्मा बुझ्ने कोसिस गर्दछ त्यसले वास्तवमा आत्माको सत्यलाई बुझेको हुँदैन।
जाग्रत स्वप्न सुसुप्ति अवस्थाको दृश्यमान पाञ्चभौतिक स्थूल शरीर छ यो आत्मा होईन आत्मा त भोक तिर्खा अनि द्विविधा निर्णयको पनि साक्षी हुन्छ त्यसैले सुक्ष्म शरीर अर्थात जीवात्मा पनि आत्मा होईन आत्मा त गहिरो निद्रा बिहोस अवस्थाको पनि साक्षी हुन्छ त्यसैले कारण शरीर पनि आत्मा होईन त्यसोभए आत्मा के हो त ? जब आत्माबोध हुन्छ अनि जीवनमा आत्मिक यात्रा शुरु हुन्छ यो शरीर गौण लाग्न थाल्छ स्वतः आत्माबाट यस्ता विचार आउन थाल्छ, म शरीर होईन यो मेरो दृश्यमान स्थूल शरीर मेरो हो स्थूल शरीर म होईन वृद्धा अथवा बालक निर्बल अथवा बलवान यी सबै बाट टाढा म त परम तत्वको विस्तार हुँ मोटोपन, दुब्लोपन, क्रोध, आनन्द मानसिक तनाव शारीरिक विकार भोक तिर्खा पिडा दर्द असहमति भौतिक सुख वासना निद्रा हास्नु रुनु यो नश्वर संसारमा विजय हुने ईच्छा जागृत हुनु म अथवा स्वयंको रुपमा आफ्नै शरीरलाई पहिचान गर्नु यो तब हुन्छ जब हाम्रो भौतिक शरीरले आत्मालाई ढाकी दिन्छ भौतिक अथवा परिवर्तन शील स्थितिलाई गर्व गर्नु नै आफु भित्र अहंकारको बाटो खन्नु हो पछि यहि बाटोबाट आसक्ति वासनाहरु आउँछन् अनि धमिराले जस्तै विश्व विजेतालाई पनि खोक्रो बनाई दिन्छ।
विवेक नै आत्मा र अनात्माको भेद छुट्याउने साधन हो आत्मा अपरिवर्तनीय छ यानी शरीर जस्तै यसको कुनै परिवर्तन हुँदैन यो अनादि हो अनन्त हो यो अमृत हो यानी अमर छ जो कहिल्यै मर्दैन आत्मा परमात्मा बाट अभिन्न छ त्यसैले यो अद्वेत हो।
आत्मालाई तर्कद्वारा जान्न सकिदैन केवल अनुभव द्वारा नै जान्न सकिन्छ।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि