केहि हाइकु, स्वार्थी मन...

आफैं भित्रको
देख्दैन अवगुण
स्वार्थी मनले

मनको पिडा
आँसु वर्णन गर्छ
खाली निधार

दिउँसो पनि
औंसीको अन्धकार
समुन्द्र पारी

कडा घाममा
छहारी दिने गर्छ
आमाको बर्को

प्रकाशमणि खनाल
*मणि*

टिप्पणियाँ