हाइकुहरु... बलेसी रोयो....

-हाइकुहरु

बलेसी रोयो
अगेनो नसुकेर
वर्षा ऋतुमा

गाउँमा मिल
पसिनाले चल्दैछ
ढिकी र जाँतो

धनी गरीब
माग्छन मन्दिरमा
भिखारी दुवै

बादल भित्र
हावा संगै उडेछ
आजाद पंक्षी

चट्याङ पर्छ
आकाश सुकेपछि
किसान मर्छ

-प्रकाशमणि खनाल

टिप्पणियाँ