हाइकुहरु... रोगी समाज...


जीवित लाश
अन्यायको अगाडी
नतमस्तक

माटोको तन
समय आएपछि
आफैं फुट्दछ

रोगी समाज
जतासुकै छोए नि
पिडा हि पिडा

सम्बन्ध डोरी
सजाउँछ सिन्दूर
अटुट नाता

किन उदास
प्रकृति हाँसेको छ
तिम्रो छेउमा
.
प्रकाशमणि खनाल
गोल्धाप-४.झापा
२०७२ भाद्र १७ गते

टिप्पणियाँ