हाइकुहरु ठोक्दैछ शिर...

ठोक्दैछ शिर
नेपाल न पुगेर
समुन्द्र छाल
.
दर्दको आँसु
झरना भएको छ
पहाड भित्र
.
भुकम्प बाट
दिमाग हल्लिए छ
सारा नेताको
.
शाश्वत ब्रह्म
एउटै मेरो लक्ष्य
जीवन भर

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ