निरास मान्छे, जस्ता केही हाईकुहरु...
निरास मान्छे
आफैं प्यासी भएछ
पानी ट्याङ्कर १
.
सित लहर
मोती देखाउँदै छ
हातमा पानी २
.
जन्म मानव
जीवन बिताउँदा
पशुको कर्म ३
.
भगाइ दिन्छ
तलाउको चाँदनी
सानै गिटिले ४
.
मन मन्दिर
सुदुर मायाँ बाट
ओइलाए छ ५
.
घरको लक्ष्मी
प्याउलीदै हुर्केर
बनी बेहुली ६
-प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
२०७२ भाद्र १६ गते
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि