केही हाईकुहरु

हो ताल हुँ म
किनारा चौकिदार
स्वतन्त्र छैन १

पुतली संग
रमायो बालापन
निश्चल मन २

चोर मनको
बस्यो समातेर
मनको कुरा ३

घातले लेख्यो
सुनसान मसीले
पिडाको गीत ४

यो बाढी हैन
शहरलाई हेर्न
आई है नदी ५

हुरी बतास
गरीबको झुपडी
खुब रोएछ ६

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
भाद्र १३ गते २०७२

टिप्पणियाँ