चाँद फेवातालमा पनि देखिन्छ....

समुन्द्रको छालमा पनि देखिन्छ।
चाँद फेवातालमा पनि देखिन्छ।

फ्याँकिएको चुरोटले रुँदै भनेछ।
तिम्रो मुटु चालमा पनि देखिन्छ।

वृद्धा र बालक समान कसरी भो।
संगै आज कालमा पनि देखिन्छ।

धनी र गरीब यहाँ समान भएको।
विपत्तिको पालमा पनि देखिन्छ।

यात्रा जिन्दगी अवश्य टुन्गिनेछ।
तरबार संगै ढालमा पनि देखिन्छ।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
१२ गते भाद्र २०७२
जनैपूर्णिमा।

टिप्पणियाँ