अग्निको स्वभाव जलाउनु...

अग्निको स्वभाव जलाउनु।
फूलको स्वभाव सजाउनु।

लु भनत तिम्रो स्वभाव के।
केवल  सधैंभरी रिसाउनु ?

फल नै फल्छ तिम्रो लागि।
तिम्रो स्वभाव हो कटाउनु?

एउटै लक्ष्य हुनु पर्छ हजुर।
मोक्षमा आत्मा बिसाउनु।

मानव बन्नु दानव नबन्नु है।
वेद भन्छ जीवन बनाउनु।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ