लडाउँछन् खुट्टा समाएर...

मानिस लडाउँछन् खुट्टा समाएर।
जिन्दगी चाल्नु होशियार बनाएर।

समयलाई चिनेन पसिना बगाएन।
भविष्यमा रुँनेछ उ आँसु बगाएर।

आफ्नै छोरीलाई गर्भमा मारेर उ।
बुहारी खोज्दैछ- छाती फूलाएर।

झुटो प्रेम र खाली भुडी गोजीले।
जीवन मा जान्छ कयौं सिकाएर।

दुःखी नहुनु हजुर मार्गलाई चिन्नु।
यी बाटो अनुसार साथी भेटाएर।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
१३ गते भाद्र २०७२
प्रतिपदा, कृष्णपक्ष

टिप्पणियाँ