माली भएछ अत्याचारी...
भमरालाई सुम्पिएर फुलबारी आज।
माली भएछ किन अत्याचारी आज।
मुसाले पनि जमिनमा सुरुङ बनाए।
अति रुँदैछ बेसहारा भकारी आज।
कयौं देखें बाटोमा गुजारा चलाउने।
कसले बनायो होला भिखारी आज।
असल हुने हैन असल देखिने लहर।
यत्रतत्र छ नकाबका रोजगारी आज।
बा-आमालाई आश्रममा पुर्याएर उ।
भन्दैछ छोरालाई मेरो छहारी आज।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि