मस्यौदा पठाउँछन् गोली बाट..

मस्यौदा पठाउँछन् खुब गोली बाट।
कस्तो शासन आउँदैछ भोली बाट।

बनाउन कथित यो संघ चम्काउन।
रङ्गाए नेताले रगतको होली बाट।

आफ्नै घर श्रृङ्गार्न छिमेकी बोलाए।
आएन शान्ति यिनको बोली बाट।

जिन्दगी फुटेर ध्वजा ध्वजा भयो।
कता पुर्याए कुलो मेरो खोली बाट।

खुब रत्यौली खेलेर तीजमा पनि।
भन के देखायौ तिमीले चोली बाट।

प्रकाशमणि खनाल
गोल्धाप-४, झापा.

टिप्पणियाँ