वेद भन्छ स्वयं तिमी आफैं मन्दिर....

हत्याहिंसा जब उसले काम बनायो।
जनता लाई पाटीको गुलाम बनायो।

यही मौकामा आफ्नो सनातन बेचेर।
संविधान भवनभित्र लिलाम बनायो।

जागौं युवा जनता आज ॐ  लिएर।
नेताले नै हाम्रो जीवन शाम बनायो।

आत्मबल जगाउन सुशासन दिएर।
ईश्वरले प्रजाको लागि राम बनायो।

वेद भन्छ स्वयं तिमी आफैं मन्दिर।
हो ईश्वरले स्वयं बस्ने धाम बनायो।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ