हे सनातन लौन आउ उदय भएर....

मजदुर मात्र उसको परिचय भएर।
महिनाभरिको रोजगारी सय भएर।

चन्द्र सूर्यको प्रकाश डुब्दैछ देशमा।
हे सनातन लौन आउ उदय भएर।

जता ततै संस्कार गुरुको आभाव।
के गर्नु चहलपहल विद्यालय भएर।

साउदी जाँदैछ अमेरिका जाँदैछ।
उसको हार साहुको विजय भएर।

राष्ट्रले तिमीलाई जरुर खोज्दैछ।
छातीभित्र आत्मबल अभय भएर।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ