त्रासले बाँचेका छन्...
त्रासले बाँचेका छन् विचलित भएर।
प्रकृति प्रकोपमा जन जिवित भएर।
संविधान आउने रे खै वर्षा झरीमा।
विदेशी को ईशारामा, भ्रमित भएर।
सनातन धर्म संस्कृति किन हटायौ।
हृदयमा घाउ रहने छ अतित भएर।
जनता अवश्य नै जागरुक हुनेछन्।
असत्यको विरुद्धमा क्रोधित भएर।
धर्मलाई रक्षा गरे धर्मले रक्षा गर्नेछ।
हो आत्मबल हृदयमा सहित भएर।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि