अनवरत चलिरहेको छ..

जीवन संगै जगत चलिरहेको छ।
समयमै अनवरत चलिरहेको छ।

यी मान्छेको मन अस्थिर भएर।
जीवनमा आपत चलिरहेको छ।

भन्छन् दौलत ले अमर भइन्छ।
धनी कै अभिमत चलिरहेको छ।

कर्कलामा जीवन भएर पनि खै।
कुकर्मको नै लत चलिरहेको छ।

सपना जस्तै हो तर पनि संसार।
लाग्छ है हकिकत चलिरहेको छ।

-प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ