रसाएको आँखाबाट नजर दिएर..

रसाएको आँखा बाट नजर दिएर।
उनी संगै बसौं लाग्छ सागर दिएर।

विषै दिएपनि मलाई बाँचि रहन्छु।
खुशीयाली जीवन को रहर दिएर।

जब फूल पठाएँ अनि मायाँ पठाएँ।
गईन उनी जवाफमा पत्थर दिएर।

आज सम्म मलाई नशाले छोडेन।
सायद होला मायाले अधर दिएर।

काल पक्कैपनि बोलाउँदैन हजुर।
हे तिमीलाई मृत्युको खबर दिएर।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा

टिप्पणियाँ