आवारा भएर...
जीवनमा सधैं आवारा भएर।
परिवार तिम्रो सहारा भएर।
कति हिड्छौ युवा पछि लागेर।
जीवनमा नेताको नारा भएर।
घाईते बनेर सडकमा लडेछु।
आमाको आँखामा रारा भएर।
जवानी सकियो भने मित्र।
बाँच्नु पर्छ हो बिचारा भएर।
उसको पनि प्रकाश हरायो।
सायद कयौं दूर तारा भएर।
प्रकाशमणि खनाल
झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि