भरियाको निधारको पसिनाबाट....

भरियाको निधारको पसिनाबाट।
हजार हुँदैन उसको महिनाबाट।

त्यो ज्योतिषीले भाग्य हेर्दै भनेछ।
कर्म गरन केहि हुन्न यो चिनाबाट।

जवानी बिताए पछि मुग्लानमा।
तेल निस्किदैन हजुर पिनाबाट।

जब राखें फूल आफ्नै छातीमा।
काँडा भइदियो अलक्षिना बाट।

बिहान बनाउन जीवन सजाउन।
मणि भेटिन मैले यो नगिनाबाट।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ