दुख्छ छाती निठुरीको हातमा परेर...

मेरो जीवन अन्धकार रातमा परेर।
दुख्छ छाती निठुरीको हातमा परेर।

फूलबाट छाती भित्र काँडा आएछ।
छिया छिया भयो मुटु घातमा परेर।

मतलबीको जमातले लठ्ठै बनायो।
जवानीको सायद मन मातमा परेर।

पुर्याए जिन्दगानी काल कोठी मा।
महत्वकाङ्क्षी योजना बातमा परेर।

मायालुको चिठी पत्र अझै आएन।
थुप्रियो पक्कै होला खातमा परेर।

प्रकाशमणि खनाल
झापा

टिप्पणियाँ