परमेश्वरको उपहार...

प्राण भरेर तिमीलाई जीवन भरेर।
सोच्नुहोस् कसले दियो मन भरेर।

परमेश्वरको उपहार तिम्रो हातले।
कस्तो जीवन बनाउँछौ तन भरेर।

शान्त हुन्छ यो मन ईश्वर नजिक।
गीता बाट बन्छ ज्ञानी वचन भरेर।

सार्थक हुन्छ केवल ध्यान जीवन।
काम क्रोध वासनाको दमन भरेर।

घरलाई अब तिमी मन्दिर बनाउ।
सजाउँ रोपौं तुलसी आगन भरेर।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ