शहर तिर सर्नेहरु छन्....
गाउँ छोडि शहर तिर सर्नेहरु छन्।
घर देखिन लेक बेसी झर्नेहरु छन्।
जो बोक्छ मुलुक आफ्नै छातीमा।
तिनै यहाँ गोली थापि मर्नेहरु छन्।
ए हजुर फक्रिसकें लैजाउ टिपेर।
यहाँ फूल कोपिला मै हर्नेहरु छन्।
यौवनको मातले यहाँ लठ्ठै भएर।
पिडैपिडाको महलमा पर्नेहरु छन्।
कोई आफैं बलेर उज्यालो बनाई।
मैनबत्ती झैं प्रकाश छर्ने हरु छन्।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि