मनाउनु नयाँ वर्ष झकास भएर...

आयु फेरि जिन्दगीको ह्रास भएर।
आउँदैन किन बचपन खास भएर।

शुभ कामना छ खुब हाँसी राखेर।
मनाउनु नयाँ वर्ष है झकास भएर।

संघर्ष नै जीवन अवरोध भएपनि।
आत्मबल नटुटाउनु हताश भएर।

वेदबाट ब्रह्म ज्ञान लिनु पर्छ अब।
नगर्नु धर्म परिवर्तन विनाश भएर।

प्रकृतिले भरिएको मेरो देश पनि।
पक्कै अब उदाउँछ प्रकाश भएर।

प्रकाशमणि खनाल
गोल्धाप-४, झापा.

टिप्पणियाँ