उसले सपना सजायो...

उसले सपना सजायो राहदानी बाट।
अनि पलायन भएछ राजधानी बाट।

झन आधा जीवन विदेशमा बितायो।
के गर्छ होला त बितेको जवानी बाट।

यो शिशिर लागेपछि एक्लो भएपछि।
उ मायाँ खोज्दैछ राती सिरानी बाट।

घरबाट मातापिता वृद्धाश्रम पुर्यायो।
के सिकेछ ज्ञान शिक्षाको दानी बाट।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ