वैदिक सनातन धर्म भित्र ....

हो वैदिक सनातन धर्म भित्र।
यो आत्मा रमाउँछ गर्व भित्र।

बुझ अनि बुझाउ गीता हजुर।
ब्रह्माण्ड लुकेकोछ तर्क भित्र।

समाहित हुनेछौं हामी जरुर।
केवल ब्रह्माण्डको गर्भ भित्र।

यहाँ जिन्दगी सार्थक बन्नेछ।
आफ्नो माटोको स्वर्ग भित्र।

आत्मा बुझ्न अति कठिन छ।
रमाउँदा लौकिक अर्थ भित्र।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ