मक्किएको हाँगा...

मक्किएको हाँगाको डाली बाट।
सावधान हुनु पर्छ है जाली बाट।

मान्छे उचालेर उ भेडा बनाएर।
नेता रमाउँछन् खुब ताली बाट।

उनले सजाएको घर भित्र आज।
उखेलियो फुलबारी माली बाट।

को हाँस्छ हिलोमा मिल्काउँदै।
कमल फुल्छ हिलो नाली बाट।

अब अघाएर ढुक्क नहुनु हजुर।
दिक्क भएँ नभरिने थाली बाट।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ