जीवन मदानी भएपछि ....
उनको प्यारमा म दिवानी भएपछि।
रहर हरायो जीवन मदानी भएपछि।
निठुरीको मैले जब तस्वीर जलाएँ।
उडेर पर्छ नजरमै खरानी भएपछि।
प्यास मेटियो उनको मेरो आँसुले।
आँखाको तलाउमा पानी भएपछि।
कसरी बिस्वास गर्नु मैले उसलाई।
जब कसैको हात सिरानी भएपछि।
प्रकाश हट्यो जब अँध्यारो भएर।
तमसुक संगै नै राहदानी भएपछि।
प्रकाशमणि खनाल
झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि