चोटको असर अझै छ...
तिमीले दिएको चोटको असर अझै छ।
जिन्दगी पाउने यो मुटुमा रहर अझै छ।
सुनसान अन्धकारमा एक्लो यात्री म।
गन्तव्य बिहिन मेरो यो सफर अझै छ।
तिमीले मैले सजाएको सुन्दर सपना।
छाती भित्र, तिम्रो खाली घर अझै छ।
हामीले बिताएका जीवन खुशीयाली।
हो चौतारीमा बसेको पत्थर अझै छ।
किन खै तिम्रो मन पनि पत्थर बनेर।
मणि निस्केन मुखबाट जहर अझै छ।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि