पलङ्गमा पुगे नेता गजराबाट...

पलङ्गमा पुगे नेता गजरा बाट।
चाँदीमा खाने भए टपरा बाट।

भनेको सुनेनन् जनता बोली।
डराउँदैनन् नेता खतरा बाट।

सधैं हाँसी रहने फुल बागमा।
सुकेको छ आज भमरा बाट।

महलमा तिमी गयौ खै गरिब।
बञ्चित भए आज टहरा बाट।

सूर्य हटाएर जीवन मा किन।
प्रकाश खोज्दै छौ चरा बाट।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ