तस्वीर अगाडि ...
मान्छे बसे राखेर अबीर अगाडी।
लगाउँछन् माला तस्वीर अगाडी।
शालिक बनाउँदा गर्छौ भ्रष्टाचार।
देशभक्ति शहिदको शिर अगाडी।
हिजो भोगेको थें मैले देखेको थें।
बहादुर सपुत को शरीर अगाडी।
वैदेशिक हस्तक्षेप हेर भएको छ।
देश पुर्याएर नेताले भीर अगाडी।
जीवन बित्यो उसको विदेशमा।
राखेर आफ्नो तकदिर अगाडी।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि