नाङ्गो पाउ खेल्दैछु...

सिसामाथि नाङ्गोपाउ आज खेल्दैछु।
पिडामाथि पिडा मुटुमा यहाँ झेल्दैछु।

हतास बनी लडेको छ मेरो जिन्दगी।
तरपनि गन्तव्य तिर जीवन ठेल्दैछु।

हो सरकार निकम्मा भएपछि आज।
मरुभूमि बालुवा मा जिन्दगी पेल्दैछु।

चर्को घाम तिम्रो मायाँ झर्को लागेर।
लुकाउँदै आज पनि जीवन छेल्दैछु।

टिप्पणियाँ