जिन्दगानी डामाडोल भएछ...
गन्तव्य पुगेन जिन्दगी भुगोल भएछ।
उसको जिन्दगानी डामाडोल भएछ।
सायद तन बेच्नलाई तर्खर गर्दैथ्यो।
मेरो शरीर उसलाई अनमोल भएछ।
मनपरी ठटाउने रङ्गमञ्चमा नचाउँने।
जवानी आज उसलाई ढोल भएछ।
आत्मबल भगाएछन् जतासुकै जाने।
खेलाडीले नचाउने उ त गोल भएछ।
वर्षौं रमाएछ त्यो उसको शरीर संग।
आत्माले छोडेको लुगा खोल भएछ।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि