भारी बिसाउन...

जिन्दगानी मेरो भारी बिसाउँन।
आउँछु आमा घरबारी बचाँउन।

भरियाले भारी कहाँ बिसाउँछ।
आउँछु चाडै, चौतारी बनाउँन।

दौलत ले मानिस, खुशी हुँदैन।
गाह्रो भो, जिन्दगानी सजाउँन।

सोच्दैछु जीवन कसरी चलाउँ।
खाली पेटलाई सधैं अघाउँन।

जिन्दगानी यो अँध्यारो हुँदैछ।
कठिन भयो, प्रकाश लगाउँन।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ