फाटेको लुगामा तुरी लुकाउँ कसरी
यो गरीबीको मजबुरी लुकाउँ कसरी।
फाटेको लुगामा तुरी लुकाउँ कसरी।
हेर्दैछु पेटिबाट त्यै पहिरन हाउभाउ।
उस्तै लाग्छ चुरीफुरी लुकाउँ कसरी।
शिशिर याम पनि मेरो नै शत्रु बन्दैछ।
झन निष्ठुरी हावाहुरी लुकाउँ कसरी।
महलमा छन् कोई, कोई फुटपाथमा।
दौलत संग मेरो दुरी लुकाउँ कसरी।
चेली पनि खोज्दैछिन् बाँच्ने आधार।
गार्जन विनाकी टुहुरी लुकाउँ कसरी।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि