खुशी भो भरिया चौतारी देखेर

किसान भरिएको भकारी देखेर।
खुशी भो भरिया चौतारी देखेर।

जनता यहाँ दिक्क भएका छन्।
संविधान लेख्ने सरकारी देखेर।

छिमेकीले हेर सिमाना मिचेको।
सरकार बोल्दैन ब्यापारी देखेर।

रोजगार खोज्दै विदेशमा आज।
भीडमा छ युवा रोजगारी देखेर।

प्रचण्ड प्रकाशले तताएर होला।
सबै नै रमाउँछन् छहारी देखेर।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ