जुनी मर्नको लागि....

मान्छे को जुनी मर्न को लागि।
शिखरमा पुगेर झर्न को लागि।

अमर छु भन्दै दौलत कमायो।
धनको ढिकुटी भर्न को लागि।

मानवीय छैन खै दानव बनेर।
के यही हो कर्म गर्न को लागि।

वासनाले जीवन लठ्ठै बनायो।
के गर्यौं संसार, तर्न को लागि।

उद्यत को भयो अँध्यारो चिर्न।
यो प्रकाश तिर सर्न को लागि।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ