मुटु दुखाएर फेरि...
याद सम्झनाले सताएर फेरि।
पिडा हुँदैछ मुटु दुखाएर फेरि।
मायाँ अभावले होला सायद।
बिहोस छु मुटु रुकाएर फेरि।
बाढी आयो जिन्दगीमा मेरो।
आँखामा आँसु रसाएर फेरि।
किन आउँछौ मुटु जलाउन।
श्रृंगार सिन्दूर लगाएर फेरि।
म भरिया, उकालो चढ्दैछु।
तिमीले बाध्य बनाएर फेरि।
-प्रकाशमणि खनाल
झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि