गजल २४१ भावुक असल भएर......
आजकल भावुक असल भएर।
पग्लिने छ मैनबत्ती तरल भएर।
उसले जीवन नशामा बितायो।
न बोलाउ है अब बोतल भएर।
आज तिमी शान्ति खोज्दैछौ।
जीवन आलिशान महल भएर।
उसलाई नै वियोगले सतायो।
रोजगारी कालो बादल भएर।
समयले आयु लखेटी रहन्छ।
के गर्छौ जवानी को बल भएर।
प्रकाशमणि खनाल
गोल्धाप-४, झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि