गजल २३६ आँउछ उही अत्तर भएर...
मलाई हेर्ने बित्तिकै नजर पत्थर भएर।
फेरि नजीक आउँछ उही अत्तर भएर।
फुलबारीमा फूल थोरै काँडा अधिक।
जिन्दगी के गर्नु हेर्दा राम्रो शहर भएर।
खोला बनेर बगी रहनु जीवन हँसाई।
हेरी रहन्छु सधैं तिमीलाई बगर भएर।
स्वार्थले यहाँ जिन्दगी चल्दैन सानु।
हो तिमी पत्थर म काँचको घर भएर।
जवानी अनि रुपको नै यति घमण्ड।
कोही बाँच्दैन संसार मा अमर भएर।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि