पिपल बर संगै हुनुपर्छ ...

हो चौतारीमा पिपल बर संगै हुनु पर्छ।
उनी भन्छिन् जीवन भर संगै हुनु पर्छ।

कति दुखि हुन्छौ हौ जिन्दगानी देखि।
तिम्रो मुस्कानको अधर संगै हुनु पर्छ।

अवसरमा चुनौती अवश्य हुन्छ साथी।
हुँदैनन् अलग, नदि बगर संगै हुनु पर्छ।

प्राण भएको प्राणिलाई हेला गर्छौ तिमी।
देवको प्राणप्रतिष्ठा पत्थर संगै हुनु पर्छ।

प्रकाशमणि खनाल

टिप्पणियाँ