सफर कहाँ सम्म पुग्छ...
जीवनको सफर कहाँ सम्म पुग्छ।
जवानी र अधर कहाँ सम्म पुग्छ।
मान्छे बाँच्न जिन्दगानी चलाउन।
गाउँ देखि शहर कहाँ सम्म पुग्छ।
स्वदेशमा मात्र हैन विदेशमा पनि।
यी युवाको लहर कहाँ सम्म पुग्छ।
स्वदेश को मुहार कहिले फेरिने।
कर्णालीमा मटर कहाँ सम्म पुग्छ।
जिन्दगानी पानीले छोडेर जान्छ।
हो बगाउने बगर कहाँ सम्म पुग्छ।
प्रकाशमणि खनाल
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि