म भएँ भुतुक्कै ...

आएर साँझ सजिलै म बसें सुटुक्कै।
तिम्रो अगाडि नजिकै म भएँ भुतुक्कै।
साथी बनाउ अब जीवन यो बिगार्यो।
आँखा तिमी तिर सधैं मनले पछार्यो।
छन्द -वसन्ततिलक

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ