शालिकहरु नै खडा भएर..
हेर्दैछन् शालिकहरु नै खडा भएर।
के अर्थ भो घातीहरु तगडा भएर।
मेरो अस्तित्व सारा मेटाउनलाई।
फूल बज्रीदैछ हृदयमा कडा भएर।
जीवन थुनेर सुनमा मन लोभ्याई।
देशभित्र पसी सके पिँजडा भएर।
नेपाली फुलबारी संस्कार बचाउँ।
बिन्ती तिमी नरोक लफडा भएर।
मतभेद हुँदा त विदेशी रमाउँछन्।
हामी दाजुभाईमा नै झगडा भएर।
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि