विचारा कसरी चलाउँछ...
गरीबले गुजारा कसरी चलाउँछ।
बन्दमा बिचारा कसरी चलाउँछ।
भरिया सडकमा भारी खोज्दैछ।
खोजेर सहारा कसरी चलाउँछ।
यी विद्यार्थी सडकमा यो देशमा।
देश अभिभारा कसरी चलाउँछ।
जनताको मतलाई बदर बनायौ।
यस्तो छ पारा कसरी चलाउँछ।
देशभक्ति छैन होला मन मुटुमा।
यो देशले नारा कसरी चलाउँछ।?
प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि