गजल-रमाएको अंगालोमा.....
तिमीलाई समाएको अँगालोमा।
जवानी नै थमाएको अँगालोमा।
पुनः मायाँलु भेट्टाएछ आत्माले।
खुशीयाली रमाएको अँगालोमा।
जवानीमा त एक्लै रात बितायौ।
बिटो पैसा कमाएको अँगालोमा।
लगायो चोट छातीमा लगानीले।
छ मायाँ नै घुमाएको अँगालोमा।
बहरे हजज
प्रकाशमणि खनाल
गोल्धाप-४, झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि