छोरी लुक्छे रात परेपछि ...
लोग्नेले स्वास्नी कुट्छ जाड भरेपछि।
बुबा देख्दा छोरी लुक्छे रात परेपछि।
समाज किन क्रूर बन्दै छ आजकाल।
बोक्सी बनाईन्छ. यहाँ लोग्ने मरेपछि।
फुलेको फूल देख्दा सारा रमाउँछन्।
कुल्चिन्छन् मानिसले फूल झरेपछि।
चेलीबेटी किन यहाँ असुरक्षित छन्।
फकाईन्छ मारिन्छ ईज्जत हरेपछि।
सक्षम नभएर यहाँ, दौलत कमाउन।
दाईजो मागिन्छ जब विवाह गरेपछि।
प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि